April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
वडा अध्यक्ष ठकुरीद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

वडा अध्यक्ष ठकुरीद्वारा वार्षिक प्रगति विवरण सार्वजनिक

दुर्गा विसि – सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न. ७ ले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

पहिलो कार्यकालको पहिलो आर्थिक वर्षमा भए गरेका विकास निर्माणका कार्य देखि सुशासनका काम काजलाई उक्त वडाले सार्वजनिक गरेको हो ।

वडा अध्यक्ष जीवन सिंह ठकुरीद्वारा गत आर्थिक वर्षका मुख्य उपलब्धिहरुमा निःशुल्क नागरिकता सिफारिस, वडा भित्रका सबै टोलहरुमा टोल सुधार समिति गठन तथा परिचालन, सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट वितरण सुरु, वडा कार्यालयको भवन निर्माण तथा पशु, कृषी सेवा केन्द्रको कार्यालय व्यवस्थापन र ढोरपिपलबाट उप शाखा कार्यलय सन्चालन, कृष्ण माध्यमिक विद्यालयको पुस्तकालय तथा बिज्ञान प्रयोगशाला निर्माण, मैदुपोखरी दयालेक पर्यटन क्षेत्र विस्तारको लागि कार्य थालनी, गरिव घरधुरी परिचयपत्र वितरण, स्वास्थ्य चौकी घाजरी पिपलमा दरवन्दी अनुरुप जनशक्ति व्यवस्थापन तथा न्युनतम सेवा मापदण्ड अध्ययन र विश्लेषण गरि स्वास्थ्य सेवा प्रबाहमा सुधार, पुर्ण खोप वडा घोषणा तथा दिगोपना सुनिश्चितता रहेका छन् ।

यस्तै बाख्रा पकेट क्षेत्र कार्यक्रम संचालन तथा  प्रत्येक टोलहरुमा बाख्राको पिपिआर खोप सेवा प्रदान गरिएकाे उल्लेख छ । अध्यक्ष ठकुरीका अनुसार  यस वर्षको राजश्व सङ्कल तर्फ विभिन्न सिफारिस दस्तुर तर्फ एक लाख आठ हजार चार सय एकहक्तर (१०८,४७८), व्यक्तिगत घटना दर्ता दस्तुर तर्फ चालीस हजार पाँच सय, मालपोत दस्तुर तर्फ सहत्तर हजार तीन सय एकहक्तर रुपैयाँ , घर कर तर्फ उनाइस हजार आठ सय पन्चानब्बे रुपैया, घरबहाल कर तर्फ आठ हजार चार (२८,४००) रुपैया र अन्य कर तर्फ अठाइस हजार दुई सय (२८,२००) रुपैया सहित जम्मा दुई लाख बयासी हजार चार सय एक्चालिस ( २,८२,४४१) रुपैया समेत उठको बताउनु भएको छ ।

त्यस्तै विकास तर्फ सम्पन्न भएका योजनाहरु कृषि हुलाक तथा पशुसेवा केन्द्र व्यवस्थापन, वडा स्तरीय खेलकुद प्रतियोगिता संचालन, कृष्ण मावी कार्यालय व्यवस्थापन अनुदान, ठुलोचौर लामासोरा सडक निर्माण, ढारखेत सिचाइ कुलो निर्माण, विकासी कुलो मर्मत योजना, जगेपानी गैरिकटेरी खानेपानी मर्मत, सातवास दारिमचौर खानेपानी मर्मत, बाल कल्याण प्रावी फिल्ड निर्माण, घाजरीडाडा शिव मन्दिर तथा फिल्ड निर्माण, पुरानागाउ घडेरी सिचाइ कुलो निर्माण, सिम्तिगैरा खानेपानी निर्माण, घाजरीडाडा चिप्लेटा कारागाउ सडक निर्माण, गैरिकटेरी खेलकुद मैदान, धाराखोला कुवा निर्माण, बोझारी सिचाइ कुलो निर्माण, बागमारे सिचाइ कुलो निर्माण,राकत सिचाइ कुलो निर्माण, वडा कार्यालय भवन निर्माण रहेका छन् ।

यस्तै  कृषि पशु हुलाक मर्मत, संग्रहि खोला तटबन्ध, बाख्रा पकेट क्षेत्र विस्तार, मैदुपोखरी भाटगारे सडक ग्राबेल, चौफारी बाउनगाउ गह्रा सुधार, गैरी गह्रा सुधार, मैदुपोखरी फिल्टरिङ्ग ड्याम्म निर्माण, परिकाडा दयालेख पदमार्ग निर्माण प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार बाट भाडगारे घाजरी पक्की नाला तथा ढल निकास जस्ता काम गरिएको वार्षिक प्रगति विवरण अनुसार जानकारी गराएको छ ।