May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
कार्यापालिका बैठक सम्पन्न : मेयर कप बैशाख २१ बाट सञ्चालन हुने

कार्यापालिका बैठक सम्पन्न : मेयर कप बैशाख २१ बाट सञ्चालन हुने

दुर्गा विसि – बैशाख ०३, सल्यान ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे कार्यापालिका बैठक सम्पन्न भएको छ ।

बैठकले निकै महत्त्वपूर्ण निर्णयहरु पास गरेको प्रवक्ता धनवहादुर पुनले जानकारी दिनुभएको छ । बैठकले सिएमसी कार्यविधि, खानेपानी उपभोक्ता समिति कार्यविधि, मेलमिलाप तथा व्यवस्थापन समिति कार्यविधि पास गरेको छ । साथै नगर शिक्षा समितिकाे पुर्णता, मेयर कप बैशाख २१, २२ र २३ गते सञ्चालन गर्ने जस्मा भलिबल, सट्टफुट, डाेरि तान्ने, व्यट्मिट्टिन र फुटबल खेल प्रतियोगिता हुने जनाएको छ ।

बैठकले खेलकुद आयोजक समिति पनि गठन गरिएको छ । जसमा समाजिक विकास समितिकाे अध्यक्षमा जिवन सिंह ठकुरी, कार्यपालिका सदस्य विरवहादुर नेपाली, शाखा प्रमुख चक्रवहादुर रावत, थुमवहादुर विसि, घनश्याम विसि, भुपाल खड्का र सदस्यीय सचिवमा धुर्वा थापालाई समितिमा चयन गरिएको छ ।

त्यसैगरि बैठकमा अनुगमन समिति समेत गठन गरिएको छ । संयोजकमा पुरुषाेतम आचार्य, प्रमुख प्रशासकिय अधिकृत जगत घर्ती, याेजना शाखा प्रमुख धर्मराज ढकाल, कार्यापालिका सदस्य वीर वहादुर विक, नम्रता विक रहेको वताएकाे छ । फुसकाे छाना याेजना कार्यक्रम बैशाख मसान्तसम्म सम्पन्न गरि सक्ने, ३ लाख सम्मका याेजनाका भुक्तानीहरु बैशाख मसान्तसम्म गरिसक्ने जनाएको छ । बाँकी अन्य सबै याेजनाहरुकाे भुक्तानी जेष्ठ मसान्तसम्म गर्ने निर्णय भएको छ । आधारभुत स्वास्थ्य सेवा केन्द्र र शहरी स्वास्थ इकाईका रिक्त पदहरुमा विज्ञापन गर्ने जनाएको छ ।