April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
बनगाड कुपिण्डे नगरपालिकाका ७ हजार बढी घरमा सुरक्षा स्टिकर टाँसिदै

बनगाड कुपिण्डे नगरपालिकाका ७ हजार बढी घरमा सुरक्षा स्टिकर टाँसिदै

दुर्गा विसि – सल्यान ।

‘सुरक्षीत कर्णाली विशेष अभियान २०८०’ कर्णाली प्रदेशका घरघरमा प्रहरीको फाेन नम्बर सहितको स्टिकर टाँस अभियान सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा शुभारम्भ गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका सल्यानको सहकार्य, कर्णाली प्रदेश प्रहरी कार्यालयको संयोजन र ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानकाे आयोजनामा कार्यक्रमको आइतबार शुभारम्भ गरिएको हो ।

कार्यक्रमको उद्घाटन नगर प्रमुख कर्ण वहादुर वुढाथाेकि र उप प्रमुख पुरुषाेतम आचार्यले संयुक्तरूपमा स्टिकर टाँसेर गर्नु भएको थियोे । याे स्टिकरकाे महत्त्व र सुरक्षाको विषयमा ईप्रका देवस्थलका इन्चार्ज ॠर्षिराम दाहालले जानकारी गराउनु भएको थियो ।

“तपाईंको खबर, सबैकाे सुरक्षा” भन्ने मुल नारा तय गर्दै संचालन उक्त अभियानमा तपाईंले कुनै शंकास्पद चिज वस्तु वा गतिविधि देखेमा थाहा पाएमा वा तपाईंलाई सुरक्षा सम्बन्धि कुनै समस्या परि सहयोग लिनु परेमा निम्न प्रहरी कार्यालयको नम्बर सम्पर्क गरि सुरक्षाको प्रत्याभूति गर्न सकिने छ ।

बनगाड कुपिण्डे नगरपालिका भित्रका ७ हजार २ सय घरमा याे स्टिकर टाँसिने जनाइएको छ । सल्लिवजारकाे यरि विजुलि भण्डारमा उक्त स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज