September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
भौगोलिक विकटता छिचोल्दै कृष्ण माविमा बन्याे गुणस्तरीय भवन

भौगोलिक विकटता छिचोल्दै कृष्ण माविमा बन्याे गुणस्तरीय भवन

दुर्गा विसि – सल्यान ।

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ लेखसंग्रहिमा रहेको कृष्ण माविकाे ४ काेठे भवन निर्माणको काम सम्पन्न भएको छ ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट विनियोजित ४० लाखमा साे भवनको काम सम्पन्न भएको जनाएको छ । कृष्ण मा.वि लेखसंग्रहीमा हालसम्म दुईवटा याेजनाले मात्रै राम्रोसँग कामले पुर्णता पाएको देखिन्छ । विद्यालयकाे घेरवार र अहिले बनेकाे उक्त भवन मात्रै मन खाने काम भएको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द वलिकाे भनाइ रहेको छ ।

भवनको काम अत्यन्तै राम्रो भएको वलिकाे भनाइ रहेको छ । भवन सम्झौता देखि काम सम्पन्न हुदासम्म पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलि गुणस्तरीय भवन बनाउन दैनिक विद्यालयमा पुग्ने गरेको जनाएको छ । साेहि विद्यालयमा ४ वर्ष अघि ५० लाख वजेटमा ६ काेठे भवन गुणस्तरीय नवन्दा हाल जिर्न बनेकाे छ । स्टेमेट अनुसार काम नहुदा साे भवन छिट्टै जिर्न वन्ने सम्भावना रहेको छ । उक्त भवनको दोस्रो तला ट्रस्ट र जस्ता पाताले छुवाइएको छ । जहाँ चुहिने समस्याले विद्यार्थी पढाउनै समस्या हुने गरेको प्रधानाध्यापक सुरेशकुमार सिं राठौरले जानकारी दिनु भएको छ । हाल बनेकाे भवनको कुनै खाेट लाउने काम नभएको उहाँको भनाइ रहेको छ ।

उक्त विद्यालयमा भौतिक संरचनाको लागि कर्णाली प्रदेशका पुर्व प्रदेश सभा सदस्यीय हाल नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य गुलाव जंग शाहको सिफारिसमा आर्थिक वर्षमा २०७६/०७७ मा ६ काेठे भवनकाे लागि ५० लाख,घेरवारकाे निम्ति ३० लाख र आर्थिक वर्ष २०७९/०८० मा ४ काेठे भवनको लागि मात्रै ४० लाख, विद्यालयकाे छाना मर्मतको लागि १५ लाख रुपैया सिफारिस भैइ वजेट विनियोजन भएको थियोे । १५ लाख स्थानीय राजनीतिक खिचातानीका कारण फृज गएको थियो भने ४० लाख कार्यनयन भएको जनाएको छ ।

शाहकै जन्मघरमा रहेको जिल्ला तथा नगरपालिकाकाे सबै भन्दा पुरानो माविमा शाहले आफू संसद हुदा निकै वजेट पेलेकाे स्थानीय वताउछन् । एकैपटक उहाँको समयअवधिभर विद्यालयमा १ करोड ४० लाख वजेट परेको थियोे । भौगोलिक विकटता, पानीकाे समस्या, जाेखिम सडकमा ढुवानी गरेर माल मेट्रेल पुर्‍याउन निकै कठिनाइ भए पनि स्टेमेट अनुसार गुणस्तरीय भवन वनेकाे वुढाथाेकि कन्ट्रकसनका प्रोप्राइटर नरेश वुढाथाेकिले जानकारी दिनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज