February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
बाख्रा चराउन जंगल गएका बालकको ढुङ्गाले लागेर मृत्यु

बाख्रा चराउन जंगल गएका बालकको ढुङ्गाले लागेर मृत्यु

साउन १३, सल्यान ।

सल्यानमा बाख्रा चराउन जंगलमा गएका एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका ९ ढिकमुनीका ११ बर्षीय अर्जुन बुढाथोकीको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

उनी शनिबार दिउँसो साथीहरूसङ्ग घरदेखी करिब ५०० मिटर टाढा रहेको सुनधारा सामुदायिक वनमा बाख्रा चराउन गएका थिए । दिउसो करिब २:३० बजेको समयमा एक्कासी माथिबाट खसेको ढुङ्गा लाग्दा उनको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

अहिले उनको लास पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज