March 2, 2024, Saturday
२०८० फाल्गुन २०, आईतवार
सल्यानमा एक किशोरीद्वारा आफ्नै घरमा झुन्डिएर आत्महत्या

सल्यानमा एक किशोरीद्वारा आफ्नै घरमा झुन्डिएर आत्महत्या

असार ३०, सल्यान ।

सल्यानमा एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छिन ।

जिल्लाको बागचौर नगरपालिका २ बागचौरकि १३ बर्षीय तुल्सा डाँगीले आफ्नै घरको कोठाभित्र काठको दलिनमा दोपट्टाको पासो लगाई आत्महत्या गरेकी हुन ।

शनिबार करिव ७ बजेको समयमा पासो लगाएर झुन्डिएकि डाँगीलाई परिवारले देखेपछि पासो काटेर उपचारको लागी जनप्रिय पोलिक्लिनिक थारमारेमा ल्याएको थियो । त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यान तर्फ ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आत्महत्याको कारण बारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज