विद्युत तार सट भइ आगलागी हुदा ४ लाख बराबरको क्षेती
जेठ २०, सल्यान ।
सल्यानमा विद्युतको तार सट भइ एक घर र गोठमा आगलागी भएको छ ।
शनिबार जिल्लाको कपुरकोट गाउँपालिका ३ फलाटेका सेते डांगीको ढुंगामाटोले बनेको फुसले छुवाएको २ कोठे कच्ची भान्सा घरमा बिजुलीको तार सट भई आगलागी हुदा उक्त घर पुर्ण रुपमा जली नष्ट भएको र उक्त घर नजिकै रहेको उनका छोरा कृष्ण खत्रीको कच्ची गोठ पनि जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
आगलागीबाट दुबै जनाको गरि करिब ४ लाख बराबरको क्षेती भएको र अन्य मानबिय चौपाय क्षेती केही नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्