March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
कृषिमा यान्त्रिकिकरण र व्यवसायिकरणका लागि स्थानिय सरकारले लगानी बढाउदै

कृषिमा यान्त्रिकिकरण र व्यवसायिकरणका लागि स्थानिय सरकारले लगानी बढाउदै

जेठ १७, सल्यान ।

व्यवसायिक रुपमा कृषिलाइ अगाडी बढाएका सल्यानका समूह तथा फर्मलाइ स्थानिय सरकारको लगानी बढ्दै गएको छ ।

जिल्लाका स्थानिय तहहरुले समुहमा आवद्ध भएर तरकारी, फलफुल तथा अन्न बाली लगाउने किसानहरुलाइ थप व्यवसायिक बनाउन सहयोग गर्दै आएका छन् । यस क्रममा छत्रेश्वरी गाउँपालिकाले विभिन्न कृषि यन्त्र वितरण गरेको छ । बुधबार कृषि समूह तथा फर्मलाइ कृषि यन्त्र हस्तान्तरण गरेको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले स्प्रे, टनेल लगायतका सामग्री हस्तान्तरण गरेको कृषि विकास शाखा प्रमुख दिपक पुनले जनाए । गाउँपालिकाले प्रस्तावना आह्वान गरे अनुसार छनौटमा परेका समूह र फर्मलाइ फुट स्प्रे ३ थान, कर्ण सेलर ६ थान, स्प्रे टंकी ७० थान र प्लास्टिक सिड टनेल ८० थान वितरण गरिएको शाखा प्रमुख पुनले जानकारी दिए । उनका अनुसार यसअघि गाउँपालिकाले १८ थान मिनि टिलर वितरण गरेको थियो ।

भोटेचौरमा आयोजित कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले आधुनिक प्रविधी अपनाउदै कृषिमा यान्त्रिकिकरण भयो भने यसले कम लागत र कम समयमा बढी उत्पादन लिन सकिने बताए । उनले व्यवसायिक कृषिबाट नै किसानको आर्थिक अवस्थामा सुधार ल्याएर पालिकालाई समृद्धिको मार्गमा लैजान सकिने भएकाले दत्तचित्त भएर मिहेनतका साथ कृषि पेशामा निरन्तर लाग्नुपर्ने बताए । उपाध्यक्ष खत्रीले कृषिमा यान्त्रिकिकरण र व्यवसायिकरणमा गाउँपालिकाले लगानी बढाउदै लैजाने बताइन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज