March 2, 2024, Saturday
२०८० फाल्गुन २०, आईतवार
२ मोटरसाइकल एक आपसमा ठोक्किदा ३ घाइते

२ मोटरसाइकल एक आपसमा ठोक्किदा ३ घाइते

जेठ १६, सल्यान ।

सल्यानमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन ।

मंगलबार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्थित बालुवा संग्रहीबाट खलंगा तर्फ आउँदै गरेको भे. ८ प. ३५६९ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग. ४ प. १४८० नं. को मोटरसाइकल बिहान करिव १० बजे तिर जयतपानी नजिकै एकआपसमा ठोक्किदा ३ जना घाइते भएका हुन ।

दुर्घटनाबाट घाइते हुनेहरूमा मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीका ३७ बर्षीय धन बहादुर खड्का, बनगाड कुपिण्डे नगरपालिका ९ सेराका २७ बर्षीय पुष्कर बुढा र सोही मोटरसाइकलमा सवार ३१ बर्षीय भिम बहादुर एरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते तिनै जनाको उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । अहिले चालकहरुको लाईसेन्स र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ र घटनाको बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज