June 8, 2023, Thursday
२०८० जेष्ठ २५, बिहीबार
सल्यानको शारदा खोलामा डुबेर एक युवकको मृत्यु

सल्यानको शारदा खोलामा डुबेर एक युवकको मृत्यु

जेठ ०८, सल्यान ।

सल्यानको शारदा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा घर भएका अन्दाजी २२ बर्षीय गोबिन्द कँवरको खोलामा डुबेर मृत्यु भएको हो ।

शारदा नगरपालिका १४ तुसारेमा रहेको आफ्नो फुपूको घरमा पाहुन आएका कँवर सोमबार करिब ४ बजेको समयमा आफ्नो भाइ र फुपूकि छोरीसंग नुहाउन भनेर सिद्धकुमाख गाउँपालिका ३ ढोरचौर स्थित शारदा खोलामा गएका थिए । खोलाको दहमा नुहाउने क्रममा उनि डुबेका थिए ।

डुबेको देखेपछि स्थानियहरुले उनलाइ पानीबाट बाहिर निकाली उपचारको लागी जिल्ला अस्पताल खलंगा तर्फ पठाएका थिए । बेहोस अवस्था रहेका उनलाइ केहिवेरपछि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज