विद्युत सट भइ आगलागी हुदा एक घर जलेर नस्ट
जेठ ०७, सल्यान ।
सल्यानमा विद्युतको तार सट भइ आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका ३ का काले बि.क. को १ तले २ कोठे फुसले छुवाएको कच्ची घरमा एक्कासी विद्युत तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
आइतबार करिब १२:३० बजेको समयमा उक्त घरमा आगलागी भएको थियो । आगलागीबाट घर भित्र रहेको अन्नपात, लत्ताकपडा, दारकाट जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट करिब ५,००,००० बराबर क्षेती भएको छ ।
प्रहरी र स्थानिय व्यक्तीको सहयोगमा आगो केही बेरपछी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
तस्वीर : फोटो फाइल
लेखकको सम्वन्धमा