September 7, 2026, Monday
२०८३ भाद्र २३, मंगलवार
सल्यानमा चलिरहेको जिपको ढोका खुल्दा एक महिला गम्भीर घाइते

सल्यानमा चलिरहेको जिपको ढोका खुल्दा एक महिला गम्भीर घाइते

जेठ ०६, सल्यान ।

सल्यानमा चलिरहेको डबल क्याप जिपको ढोका खुल्दा खसेर महिला गम्भीर घाइते भएकी छिन ।

सनिवार करिब ११:३० बजेको समयमा जिल्लाको त्रिबेणी गाउँपालिका १ नयाँगाउँ स्थित भित्री सडकखण्डको काभ्रा बजारबाट नयाँगाउ तर्फ आउदै गरेको भे. १ च. १५५९ नं. को डवल क्याप जिप चलिरहेको अवस्थामा उक्त जिपको ढोका एक्कासी खुल्न जाँदा सोही जिपमा सवार सल्यानको कालिमाटी गा.पा. १ लक्ष्मीपुरकि ४० बर्षीय डिल्ली कामी खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाईते उनको स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी सोही जिपद्धारा सोहि चालकले राप्ती प्रादेशिक अस्पताल दाङ तर्फ लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो ।

जिपमा उनका श्रीमान र जिप चालक मात्र सवार थिए ।