May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते

सल्यानमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते

जेठ १, सल्यान ।

सल्यानमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।

सोमबार बिहान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ अम्रा स्थित छिन्चु जाजरकोट सडकखण्डमा नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको भे. १ ख. ३९१९ नं. को मालबाहक ट्रक र विपरित दिशाबाट आउँदै गरेको भे. १२ प. १९२ नं. को मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक बनगाड कुपिण्डे नगरपालिका १ बालुवासंग्रहिका २१ बर्षीय सौरब शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते शाहीको अनुहार, हात र खुट्टामा गम्भीर चोट लागी उपचारको लागी नेपालगञ्जतर्फ रिफर गरिएको छ ।

ट्रक चालक बनगाड कुपिण्डे नगरपालिका ११ का ३४ बर्षीय खेमराज बुढालाई र दुबै सवारी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज