बुवाआमा बिहिन बिचल्लीमा परेका ३ बालकको डिसी बने सहारा
दुर्गा विसि – बैशाख १६, सल्यान ।
सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा – ५ खैरागारका आमा बाबु बिहिन दुई बालकलाई युवा मिनराज डिसीले सहयोगि भुमिका निर्वाह गर्नु भएको छ ।
त्यति मात्रै नभएर डिसीले एक भाइलाई अपांग स्कुल र अर्को भाइलाई लङगृन बोर्डिङ स्कुल सल्लीबजारमा भर्ना गर्ने व्यवस्थापन मिलाएका छन् । स्थानीय समाजसेवी मिनराज डिसीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका ७ वर्षीय हिमाल राना र १२ वर्षीय प्रदीप रानालाई बागेश्वरी माध्यमिक विद्यालय सिम्ता सुर्खेत र लर्नग्रिन रिभर बोडिङ स्कुलमा भर्ना गरेको जनाउनु भयो ।
हिमाल ख वर्गको अपांगता समेत रहनु हुन्छ । दुवैलाई डिसीको समन्वयमा विद्यालयले निःशुल्क पढाउने तथा होस्टेलमा बस्ने व्यवस्था मिलाइएको छ ।
६ वर्ष अघि बुवा बुदे रानाको मृत्यु र एक वर्ष अघि आमा कुमारी राना अर्कोसँग विवाह गरी गएपछि तीन भाई विच्चलिमा परेका थिए ।८० वर्षिया हजुरबुबाले सकि नसकि उनिहरुकाे हेरचाह गरेकाे डिसिकाे भनाइ रहेको छ ।जेठो दाई १३ वर्षीय खुमलाल राना पनि क वर्गको अपांगता हुनुहुन्छ ।
सबै जना काम गरेर खान नसक्ने भएपछि डिसीले दुई भाइलाई पढ्ने, खाने, बस्ने व्यवस्था सहित विद्यालयमा भर्ना गराउनु भएको हो । गत वर्ष १२ वर्षीय प्रदीपलाई सल्लीबजारमा रहेको बोडिङ स्कुलमा भर्ना गराएको र यस वर्ष अपांगता भएका हिमाल रानालाई सुर्खेत स्थित वागेश्वरि माविको अपांग छात्रवासमा वस्ने र पढ्ने व्यवस्थापन मिलाएको बताउनु भयो ।एक जनालाई भने सल्लिवजारमा रहेको लङ्ग ग्रिन बोर्डिङ स्कुलले निशुल्क पठन पाठनकाे व्यवस्था गरिदिएको स्कुलका म्यानेजिङ डाइरेक्टर कमल वलि जानकारी दिनु भएको छ ।
लेखकको सम्वन्धमा