February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानको शारदा नगरपालिकाद्वारा शिक्षकहरुलाई ल्यापटप वितरण

सल्यानको शारदा नगरपालिकाद्वारा शिक्षकहरुलाई ल्यापटप वितरण

बैशाख १४, सल्यान । सल्यानको शारदा नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ ।

बिहिवार नगरपालिकाले पालिकाका विभिन्न १२ वटा प्राथमिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई ल्यापटप वितरण गरेको हो ।

ल्यापटप हस्तान्तरण गर्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले शिक्षकलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने उद्देश्यले ल्यापटप वितरण गरिएको बताउनु भयो । प्रविधिको उच्चतम प्रयोग गरि शैक्षिक क्रियाकलापको संचालनमा सघाउ पुर्याउन नगरपालिकाले थप प्रविधिसंग सम्बन्धित तालिम सिपको व्यवस्थापन गरिने गरिने उहाँले बताउनु भयो ।

नगर प्रमुखको कार्यकक्षमा उपस्थित शिक्षकहरुलाई नगर प्रमुख भण्डारीका साथै प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, शिक्षा शाखा प्रमुख संगिता बुढा, योजना अधिकृत केशव बुढाथोकीले ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज