जन गुनासो र सल्लाह सुझाव सुन्न निशुल्क टोल फ्रि नम्बर संचालनमा
कार्तिक २१, सल्यान । सल्यानको शारदा नगरपालिकाले जन गुनासो सुन्न निशुल्क टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
जनतालाई नगरपालिका र जनप्रतिनिधि संग सम्बन्धित गुनासो पोख्न सल्लाह सुझाव दिन तथा सुचना प्राप्त गर्न सहज होस भनेर निशुल्क टोल फ्रि नम्बरको संचालन गरिएको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताए ।
गुनासो सुन्नको लागि २४ घन्टा टोल फ्रि नम्बर सञ्चालन हुने शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले बताए ।
शारदा नगरपालिका भित्रका जनप्रतिनिधि संग सम्बन्धित प्रश्न, जिज्ञासा, गुनासो, सल्लाह, सुझाव र सूचना प्राप्त गर्नुपरेमा १६६०८८५२०१० मा फोन गर्न समेत शारदा नगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस्