May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
सल्यानी खुकुरी प्रबर्द्धनका लागि शारदा नगरपालिकाद्वारा समिति गठन

सल्यानी खुकुरी प्रबर्द्धनका लागि शारदा नगरपालिकाद्वारा समिति गठन

पौष २५, सल्यान । सल्यानको शारदा नगरपालिकाले सल्यानी खुकुरीको प्रबर्द्धनका छलफल तथा समिति गठन गरेको छ ।

सोमबार नगरपालिका भित्र रहेका आरन ब्यबसायमा संलग्न ब्यक्तिहरुसंग छलफल गरि नगरपालिकाले समिति गठन गरेको हो ।

देशमै प्रसिद्ध  सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि  बिश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ छलफल तथा समिति गठन गरेको नगरपालिकाले बताएको छ ।

छ्लफलमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, उप प्रमुख सुस्मिता सापकोटा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख नृपजङ शाही, २ नम्बर वडा अध्यक्ष सबिन हमाल, नगरपालिकाका योजना अधिकृत केशव बुढाथोकी, लगायत नगरका १५ वटै वडाबाट आउनु भएका खुकुरी तथा  आरन व्यवसायिहरुको सहभागीता रहेको थियो ।

छलफल पश्रात आरन ब्यबसायी मध्येबाट इन्द्रबहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

नब गठित समितीले खुकुरी व्यावसायिलाई एकीकृत गरि सीप,तालिम र उत्पादनको कामलाई अगाडि बढाउने छ, त्यसका लागि नगरपालिकाले उचित कार्यक्रम, बजेट ब्यबस्थापन र माथिल्ला  निकाय संग पहल गर्ने नगरपालिकाले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज