स्वर्गीय पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सम्मानमा चोक नामाकरण
बैशाख ०३, सल्यान । स्वर्गीय पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको सम्मानमा सल्यानी युवाहरूले चोक नामाकरण गरेका छन ।
आइतबार साझ एक कार्यक्रम गर्दै सल्यानको खलंगा र रुकुम छुट्टिने बिन्दुको रुपमा रहेको चोकको नाम मरिचमान चोक नामाकरण गरिएको हो ।
सल्यानी युवाहरुको समुहले श्रेष्ठको सम्मान र सम्झना स्वरुप चोकको नामाकरण गरिएको सल्यानी युवाहरुको प्रतिनिधित्व गरेका अभियान्ता धुर्वराज वलिले बताउनुभयो ।
को हुन मरिचमान सिंह श्रेष्ठ ?
मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलंगामा बि.स १९९७ कार्तिक १७ मा भएको थियो । उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायत भित्रको अनुदारवादी खेमामा थिए । दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको सङ्गठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने । पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए ।
यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो । यिनले भारतसँग नझुक्ने अडान लिएर बसे । त्यसैबेला सुरु भएको शान्तिपूर्ण आन्दोलन २०४६ मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलनमा लागेका समुह माथी अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबै भन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे । २०४३ जेठ ३१ गते रा निर्विरोध निर्वाचित भएका सिंहले जनाअन्दोलनको उत्कर्षमा पुगेपछि २०४६ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
श्रेष्ठ रास्ट्रवादी छवीका नेताका रुपमा चिनिएका थिए । ०४५ सालमा भारतले नुन तेल लगाएतका अत्यावश्यक वस्तुको आयातमाथी प्रतीबन्ध लगाएको र पारवहन सन्धि सम्बन्धि विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ ।
मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौँमा भएको थियो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो । आफ्नै देशमा प्राण त्याग गर्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मङ्गलबार नेपाल ल्याइएको थियो ।
विभिन्न विकिपिडियाको सहयोगमा
लेखकको सम्वन्धमा