June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
जेसिबीले खाडल खन्दा पुरिएर सल्यानमा १ जनाको मृत्यु : १ घाइते

जेसिबीले खाडल खन्दा पुरिएर सल्यानमा १ जनाको मृत्यु : १ घाइते

बैशाख ०३, सल्यान । सल्यानमा माटोको ढिस्कोले पुरिएर एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन ।

आइतबार जिल्लाको बागचौर नगरपालिका २ ठिनवाङखोलामा बा. २. क. २४०० नम्बरको (हमाल कन्ट्सनको) जेसिबीले तार जालि भर्ने खाडल खनिरहेको अबस्थामा ढिस्को खस्दा सोहि स्थानमा काम गरिरहेका बागचौर नगरपालिका १ धारापानिका १७ बर्षीय नवीन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

पुरिएरका अर्का २५ बर्षीय राजन बस्नेत भने घाइते भएका छ्न । जेसिबीले खाडल खन्ने क्रममा ३ मिटर माथिबाट आएको माटोको ढिस्कोले उनिहरु पुरिएरका थिए ।

उनिहरुलाइ तत्काल उद्दारगरि स्थानीय जनप्रीय पोलिक्लिनिकमा सामान्य उपचारपछि मृतक केसीलाई थप उपचारकोलागि जिल्ला अस्पताल खलंगामा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । अर्का घाइते बस्नेतको भने अवस्था सामान्य भएको कारण पोलिक्लिनिकमै उपचार भइ रहेको छ ।

जेसिबी चालक शारदा नगरपालिका १३ का २५ बर्षिय सुमन योगि र जेसिबी  प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज