February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानमा जाल्पा लघुवित्तद्वारा मृत्यु दाबी र सुविधाको १४ लाख बढी रकम भुक्तानी

सल्यानमा जाल्पा लघुवित्तद्वारा मृत्यु दाबी र सुविधाको १४ लाख बढी रकम भुक्तानी

चैत २७, सल्यान । जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय लुहाम, कपुरकोट सल्यानले मृत्यु दावी र ग्राहक संरक्षणका लागि १४ लाख रुपैयाँ बढी रकम हस्तान्तरण गरेको छ ।

चालु आर्थिक वर्ष २०७९।८० को हाल सम्म संस्थाले पाँच जनालाई विमा वापतको मृत्यु दावी रकम १३ लाख ८२ हजार ५०० र ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना १० जना सदस्यहरुलाई ५५ हजार रुपैयाँ सुविधा रकम गरेर १४ लाख ३७ हजार ५०० रुपैयाँ भुक्तानी गरिएको लुहाम कपुरकोट शाखा प्रमुख डिला पाण्डेले जानकारी दिइन् ।

सोमबार तुलसिपुर उपमहानगरपालिका ३ दाङ निवासी स्वर्गीय यीम कुमारी घिमिरेको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ । तुलसिपुर ३ मा एक कार्यक्रमका विच संस्थाका अनुगमन प्रमुख गगन योगीले मृतकका श्रीमान नरिश्वर घिमिरेलाई ११ लाख ७० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गीय यीम कुमारीले संस्थाबाट पाँच लाख रुपैयाँ कर्जा लिएकोमा उक्त कर्जा मिनाह वापतको रकम चार लाख ५० हजार र बाँकी सात लाख २० हजार गरेर ११ लाख ७० हजार रुपैयाँ भुक्तानी गरिएको शाखा प्रमुख पाण्डेले जानकारी दिइन् ।

सो अवसरमा रकम बुझ्दै मृतकका श्रीमान नरिश्वरले जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाप्रती आभार प्रकट गरे । ‘गाउँघरमा ऋण लिएको भए साँवा र ब्याज सबै रकम तिर्नुपर्नेथियो’, उनले भने ‘संस्थाबाट ऋण लिँदा उक्त ऋण पनि मिनाह भयो, अन्य सुविधाको रकम पनि पाइयो । संस्थाप्रति आभारी छु ।’ श्रीमतीको कालगतीले मृत्यु भएपश्चात घरमा आफु, छोरा बुहारी र एक नाती रहेको भन्दै नातीको पढाइलेखाई तथा घर निर्माण गर्दा लागेको रकम तिर्न र व्यवशायमा लगानी गर्न प्राप्त रकमबाट धेरै राहत हुने उनले बताए ।

संस्थाकी सदस्य यीम कुमारीको गत कार्तीक १७ गते मृत्यु भएको थियो । जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्थाका केन्द्र उपप्रमुख गिता कामीको अध्यक्षतामा भएको रकम भुक्तानी कार्यक्रममा शाखा प्रमुख पाण्डेले संस्थाबाट प्रदान हुने सुविधाका बारेमा पनि अवगत गराएकी थिइन् । उनका अनुसार संस्थाले दुर्घटनामा मृत्यु भएका सदस्यलाई कर्जा रकमको २०० प्रतिशत रकम उपलब्ध गराउने गरेको छ भने सदस्यको श्रीमानको मृत्यु भएमा २७ हजार ५००, सुत्केरी सुविधा रकम दुई हजार र सदस्यको मृत्यु भएमा कर्जा रकमको १० प्रतिशत रकम सुविधा उपलब्ध गराउने गर्दछ ।

यसका साथै संस्थाले सदस्यहरुको लागि निःशुल्क रुपमा पशु स्वास्थ्य शिविर, पशु विमा, सिपमुलक तालिम, वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आएको अनुगमन प्रमुख योगीले बताए । जाल्पा सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेड, लुहाम कपुरकोट शाखामा एक हजार ६७४ जना सदस्य आवद्द छन् ।

संस्थाको कार्यक्षेत्र सल्यानको कपुरकोट र त्रिवेणी गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दांगको तुलसिपुर उपमहानगरपालिकाको केही वडामा रहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज