June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
सल्यानको कुमाख र सिद्धकुमाखमा “मिसन ग्रासरुट”का कार्यक्रमहरु सम्पन्न

सल्यानको कुमाख र सिद्धकुमाखमा “मिसन ग्रासरुट”का कार्यक्रमहरु सम्पन्न

चैत्र २६, सल्यान । सल्यानको कुमाख र सिद्धकुमाख गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुटका कार्यक्रमहरु सम्पन्न भएका छन् । पालिका देखि वडा र टोल तह सम्मका विभिन्न कृयाकलपहरु सम्पन्न भएको अभियानमा खटिएका एमालेका केन्द्रीय प्रतिनिधि ठम्मर विष्टले जानकारी दिए ।

उनका अनुसार संगठन सुदृढीकरण  र बिस्तार अभियान अन्तरगत निर्दीष्ट कार्यक्रमहरु सदस्यता नकिरण, नयां सदस्यता बितरण, बैठक, भेला, प्रशीक्षण, जनभेटघाट, अन्य पार्टीवाट पार्टी समायोजन एबं घरदैलो अभियानका कार्यहरु घनिभुत रुपमा सम्पन्न भएका हुन । देश निर्माणमा अन्य पार्टीवाट जनताले आसा मारीसकेकाले बलीयो पार्टी निर्माण मार्फत राष्ट्र निर्माणको संकल्प पुरा गर्ने अभिभारा एमालेको कांधमा आएको भन्दै केन्द्रीय प्रतिनिधि विष्टले ग्रासरुटले संगालेका उपलब्धीलाई युद्ध स्तरमा निरन्तर रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।

कुमाख र सिद्धकुमाख गाउँपालिकामा अभियानको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको बताइएको छ । यहि चैत्र २० देखि २५ गते सम्म समिक्षाका कार्यक्रम सम्पन्न गरिएको भन्दै विष्टले मिसन ग्रासरुटले जनस्तरमा एमालेप्रतिको विश्वासलाइ बढाएको बताए । अभियानको क्रममा अन्य पार्टीवाट नेतृत्व तहमा कृयाशिल व्यक्तिहरु समेत नेकपा एमालेमा प्रबेश गरेको बताइएको छ ।