September 22, 2026, Tuesday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा वाईफाई फाईबर लाईन बिस्तार गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

सल्यानमा वाईफाई फाईबर लाईन बिस्तार गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

 

चैत २५, सल्यान । सल्यानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा न. २ डाँडागाउँका ४२ बर्षीय प्रलाद शाहको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार करिब ३:५० बजेको समयमा छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौरमा world link (wifi) फाईबर लाईन बिस्तार गर्नकोलागी बिद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्टलागी शाह गम्भीर घाइते भएका थिए ।

घाइते उनलाइ स्थानिय दिर्घायु मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

शाह world link office (wifi) श्रीनगर सल्यानमा कार्यरत थिए ।