May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा रुखमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला

सल्यानमा रुखमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला

 

चैत २४, सल्यान । सल्यानमा रुखमा झुन्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान करिब १०:३० बजेको समयमा जिल्लाको दार्मा गाउँपालिका वडा नं. २ ठानागाउँकि ६० बर्षीय कृष्णी खत्रीले आफ्नै घर देखी ५०० मिटर टाढा मौवाको रूखमा सलले घाँटिमा पासो लगाई झुण्डिएर रहेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

आत्महत्याको कारण भने खुल्न नसकेको र अहिले मृतकको लास पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सूचना अधिकारी गोपाल श्रेष्ठले बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज