May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा एसइइ परिक्षा दिन गएका बिद्यार्थीहरु बीच  झडप : १ किशोर गम्भीर घाइते

सल्यानमा एसइइ परिक्षा दिन गएका बिद्यार्थीहरु बीच झडप : १ किशोर गम्भीर घाइते

 

चैत २३, सल्यान । सल्यानमा एसइइ परिक्षा दिन गएका बिद्यार्थीहरु बिच झडप हुदा एक किशोर घाइते भएका छन ।

जिल्लाको सल्यान शारदा नगरपालिका वडा न. १२ मुलडाँडामा एसइइ परिक्षा दिन भनि कोठा लिएका बसेका शारदा नगरपालिका ७ कजेरीका १९ बर्षीय बिर बहादुर बुढाथोकी र उनका करिब ७/८ जना बिद्यार्थी साथीहरु मिलेर छत्रेश्वरी गाउँपालिका वडा न. ६ भोटेचौरका १९ बर्षीय सन्दिप थापालाई परिक्षा दिने समयमा भएको सामान्य बादबिवादको बिषयलाई लिएर कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

बिहीबार करिब ४:३० बजेको समयमा उनिहरु बिच झडप भएको थियो । कुटपिटमा परि घाइते भएका थापाको उपचारकोलागि जिल्ला अस्पताल सल्यानमा पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज बाँके रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते थापाको टाउकोमा चोट लागेको छ । कुटपिट गर्ने विद्यार्थी फरार रहेको र खोजतलास जारी रहेको श्रेष्ठले बताउनु भयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज