October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
बागचौरमा मिसन ग्रासरुट : एमाले पोलिटव्युरो सदस्य बानियाँ वस्तीस्तरमा

बागचौरमा मिसन ग्रासरुट : एमाले पोलिटव्युरो सदस्य बानियाँ वस्तीस्तरमा

 

चैत १८, सल्यान । पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) अन्तर्गत सल्यानको बागचौर नगरपालिकामा नेकपा एमालेले वडास्तरबाट विभिन्न तथ्यांक संकलन गरिरहेको छ ।

पार्टीका पोलिटव्युरो सदस्य मोहन बानिया सहित प्रदेश, जिल्ला र नगर स्तरका नेताकार्यकर्ता वडा तथा वस्ती सम्म पुगेर एमालेको वास्तविक अवस्था पत्ता लगाउन र अभिमुखिकरणलाइ प्रभावकारी बनाउन खटिएका छन् ।

हाल सम्म बागचौर नगरपालिकाको वडा नम्बर १,२,४,५,९ र १० मा ग्रासरुट अभियानका कार्यक्रम सम्पन्न गरिएको जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले जानकारी दिए । सो अवसरमा स्थानिय सहभागीहरुले एमालेलाइ अझै बलियो बनाउन पार्टीका सबै कमिटीहरुलाइ चलायमान बनाउन र नेताहरुलाइ जनसम्पर्कमा नियमित रहन आग्रह गर्नेगरेको अभियानमा खटिएका प्रतिनिधिहरु बताउँछन् ।

अभियान अन्तर्गत वडा नम्बर ९ मा भएको अभिमुखिकरण कार्यक्रममा पोलिटव्युरो सदस्य मोहन बानियाले नेकपा एमाले सबैभन्दा अब्बल र जनातकाे प्रिय पार्टी भएको बताए । पुजिवादको मतियार मानिने कांग्रेसको टाङमुनि छिरेर माओवादी र समाजवदी नामका पार्टीले समाजवादकाे ढाेल पिटिरहेकाे बताउंदै उनले देशको रक्षा र नेपाली जनताको हितमा काम गर्ने पार्टी नेपका एमाले मात्रै भएको दाबी गरे ।

एमालेबाट चोइटिएर बनेको समाजवादी नामको अबसरवादीहरुकाे झुन्ड आकाश उडिरहेको चङ्गाको संज्ञा दिदै बानियाले भने,- “त्यो चङ्गा कतिबेला चुंडिएर भुंइमा खस्छ भराेसा छैन । त्यसैले समाजवादी तिर लागेका ईमान्दार नेता कार्यकर्ताहरुलाइ एमालेमा फर्कन आवाह्वन गर्छु ।”

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य कुल बहादुर गिरीले विकास र परिवर्तनको सोंच, दृस्टिकोण र स्पष्ट योजना आफ्नो पार्टीसंग मात्रै रहेको तर्क गरे । कार्यक्रममा बाेल्दै जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले बागचौर ९ काे बिकास निर्माण देखि हरेका समाजिक कार्यहरुकाे नेतृत्वमा एमाले गर्दै आएकाे भन्दै आगामी दिनहरुमा जनताको मन जितेर संगठन बिस्तार गर्दै पार्टीलाई अझैं सुदृढीकरण गर्न मिसन ग्रासरुटले महत्त्वपूर्ण भुमिका खेल्ले विश्वास व्यक्त गरे ।

अभियानमा पार्टीका प्रतिनिधिहरु शारदा वली, घनश्याम शर्मा, माेहन चन्द, देब बहादुर डाँगी, यज्ञ बहादुर डाँगी, मातृका डाँगी लगायत खटिएका छन । यहि चैत्र २६ गते सम्म वडा स्तरको कार्यक्रम सक्ने लक्ष्य रहेको एमाले बागचौरले जनाएको छ । नगर कमिटीका अनुसार १९ गते वडा नम्बर ६ र ७ , २० गते वडा नम्बर ११ र १२ तथा २१ गते वडा नम्बर ३ र ८ मा कार्यक्रमको तय भएको छ । प्रशिक्षण संगै विभिन्न तथ्यांक संकलन, सदस्यता नविकरण तथा विस्तार र विभिन्न कमिटी गठन जस्ता कार्यहरु अभियान अन्तर्गत संचालन भैरहेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज