February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
सल्यानका दर्जन बढी युवाहरू नेकपामा प्रवेश : भन्छन् देशलाई विप्लव चाहिएको छ

सल्यानका दर्जन बढी युवाहरू नेकपामा प्रवेश : भन्छन् देशलाई विप्लव चाहिएको छ

 

चैत ०९, सल्यान । सल्यानमा दर्जन बढि युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

पार्टीकाे सहायक संगठन युवा संगठन नेपालकाे शारदा नगर समितिकाे प्रथम सम्मेलनकाे अवसरमा जिल्ला सदरमुकाम समेत रहेको शारदा नगरपालिकाका ती युवाहरु युवा संगठनमा समाहित भएका हुन् ।

युवा संगठन नेपालकाे प्रथम शारदा नगर सम्मेलनकाे उदघाटन समारोहमा झण्डै दुई दर्जन युवाहरु आफ्नो संगठनमा समाहित भएको युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रकाश गिरिले बताए ।

युवा संगठन नेपालमा समाहित हुने युवाहरु निराजन सिंह, कुमार राजगुरु, सुरज जिएम, विनय बुढाथोकी, बसन्त कुँवर, पारस रसाइली, करण नेपाली, चन्द्र केसि, अनिल राना, सन्तोष बस्नेत, बिशाल भण्डारी, रमेश बुढाथोकी, राजु याेगी, सुमन थापा, सुनिल जिएम लगायत रहेका छन् ।

कार्यक्रममा युवाहरुलाई नेपाल कम्युनिस्ट पार्टीका दक्षिण सल्यान जिल्ला सचिव कमरेड वीर बहादुर सी, युवा संगठन नेपालका जिल्ला इन्चार्ज कमरेड प्रकाश गिरि, पार्टीका जिल्ला सचिवालय सदस्य कमरेड टाेप बहादुर सी, प्रेम सी लगायतले अबिर लगाएर युवा संगठनमा स्वागत गरेका थिए ।

युवाहरुलाई युवा संगठनमा समाहित गराउदै कार्यक्रममा पार्टीका जिल्ला सचिव कमरेड वीर बहादुर सीले, नेपालका सबै युवाहरु क्रान्तिकारी कित्तामा सामेल हुन आवश्यक रहेको बताए । आफ्नो संगठनमा समाहि हुने युवाहरुलाई आफ्नो संगठनमा स्वागत गर्दै साे संगठनका जिल्ला इन्चार्ज कमरेड प्रकाश गिरिले जिल्लामा अरु धेरै युवाहरु आफ्नो संगठनमा समाहित हुन आतुर रहेको बताए । निकट भविष्यमा नै युवाहरु आफ्नो संगठनमा प्रवेश गर्ने लहर सल्यान जिल्लामा आउने युवा नेता गिरिले दावि गरे ।

युवा संगठनमा समाहित हुने युवाहरूको तर्फबाट आफ्ना धारणा राख्दै युवा निराजन सिंहले याे देशले नेकपाका महासचिव कमरेड विप्लवलाई खाेजेकाे हुनाले आफुहरु उहाँको पार्टीको सहायक संगठनमा समाहित भएको बताए । युवानेता सिंहले अरु विभिन्न स्थान र ठाउँमा रुमल्लिएका युवाहरुलाई आफुहरुले गरेजस्तै छिटो निर्णय गरेर नेपाल कम्युनिस्ट पार्टी र यसका विभिन्न संघ संगठनहरुमा समाहित हुन समेत आव्हान गरे ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज