February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु

सल्यानमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु

 

चैत ०९, सल्यान । सल्यानमा घरको काम गर्ने क्रममा छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्ली बहादुर चनाराको खसेर मृत्यु भएको हो ।

शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउसको घर ढलान गर्ने सेप्टी बनाउने क्रममा सेप्टीबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर उनी घाइते भएका थिए ।

उनलाई उपचारकोलागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

उनका अनुसार चनाराको टाउको गहिरो चोट लागेको थियो । टाउकोमा चोट लाग्दा उनी बेहोस भएका थिए । छतबाट खस्ने बित्तिकै स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

घरबाट खसेर मृत्यु भएका चनारालाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज