सल्यानमा बन्दुकले हानेर छोरा मार्ने ठुला बुवा पक्राउ
फागुन ३०, सल्यान । सल्यानमा बन्दुकले लागेर छोरा मारेका ठुला बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका चित्र बहादुर रावतको भरुवा बन्दुक पड्किदा मृत्यु भएको थियो ।
सोमबार बेलुकी ४० बर्षीय ठुला बुवा आइते रावत र उनका भाइको छोरा १६ बर्षीय चित्र बहादुर रावत स्थानीय बाहुननाका जंगलमा शिकार खेल्न गएको अवस्थामा ठुलाबुवा आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किदा भाइको छोरा चित्र बहादुर रावतको मृत्यु भएको थियो ।
बन्दुक बोक्ने ठुला बुवालाई प्रहरीले मंगलबार बिहान करिब ११ बजेको समयमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ९ स्वाराज्युलामा लुकिछिपि रहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीको कमान्डरमा गएको प्रहरी टोलिले उनलाइ पक्राउ गरेको र थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
साङ्केतिक तस्वीर
प्रतिकृया दिनुहोस्