March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
निर्वाचन हुनुपुर्व नै सल्यानमा क्रान्तिकारी विद्यार्थी नेताहरु निर्वाचित

निर्वाचन हुनुपुर्व नै सल्यानमा क्रान्तिकारी विद्यार्थी नेताहरु निर्वाचित

 

फागुन २९, सल्यान । सल्यान आगामी चैत्र ५ हुने स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा निर्वाचन हुनुपुर्व नै सल्यानमा क्रान्तिकारी विद्यार्थीनेताहरु निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीकाे भ्रातृ संगठन अखिल (क्रान्तिकारी)का नेताहरु सल्यानमा स्ववियुकाे निर्वाचन हुनपुर्व नै निर्विरोध निर्वाचित भएका हुन् ।

स्ववियु निर्वाचन २०७९ काे निर्वाचन तालिका अनुसार चैत्र २७ गते आफ्नो उम्मेदवारी मनाेनयन गराएका क्रान्तिकारी विद्यार्थीनेताहरुकाे विरुद्धमा कसैको उम्मेदवारी नहुँदा र उम्मेदवारीमा दावि विरोध गर्ने दिन २८ गतेसम्म कुनै दावि विरोध नपरेपछि उनिहरु निर्विरोध निर्वाचित भएको सल्यानका विभिन्न क्याम्पसहरुले बताएका छन् ।

क्रान्तिकारी विद्यार्थीनेताहरु अखिल (क्रान्तिकारी) राप्तीव्युराे सदस्य तथा सल्यान जिल्लाका निबर्तमान अध्यक्ष राजेन्द्र खडका सल्यान बहुमुखी क्याम्पस खलंगा सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) सल्यानका अध्यक्ष दिपक खडका जनकल्याण बहुमुखी क्याम्पस थारमारे सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) सल्यानका उपाध्यक्ष अनिल राेकाय विश्वकर्मा फारुला बहुमुखी क्याम्पस सल्यानमा स्ववियु सचिव, अखिल (क्रान्तिकारी) का इकाई समिति सदस्य बिनाेद बस्नेत शिवजन बहुमुखी क्याम्पस शिललपाटी सल्यानमा स्ववियु सह-सचिव, अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समिति सदस्य गायत्री पुनमगर जनकल्याण बहुमुखी क्याम्पस थारमारेमा स्ववियु सदस्य, अखिल (क्रान्तिकारी) सल्यानका इकाई सदस्यहरु सुमित्रा के.सि र राेषण के.सि जनकल्याण बहुमुखि क्याम्पस थारमारेमा सदस्य र कमला राेकाया फारुला बहुमुखी क्याम्पसमा फारुला सल्यानमा सदस्य पदमा निर्विरोध निर्वाचित भएकाे अखिल (क्रान्तिकारी) सल्यानका सचिव भीम बहादुर राेकाले जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज