सवारी दुर्घटनामा मृत्यु भएका वलीको न्यायको माग गर्दै राप्ती राजमार्ग बन्द
फागुन २७ , सल्यान । सवारी दुर्घटनामा ज्यान गुमाएका सल्यान छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका अजय वलीको न्यागको माग गर्दै राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड बन्द गरिएको छ ।
बिहिवार त्रिबेणि गाउँपालिका ६ शंखमुलमा श्रीनगर देखी सल्यान काभ्रा तर्फ जादै गरेको लु २ ख. १२२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको रा.५ प. ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक १९ बर्षीय अजय वलीको मृत्यु भएको थियो ।
घटना भएका दिनको वास्तविक मुचुल्का परिबर्तन गरिएको र वास्तविक मुचुल्काको माग गर्दै आन्दोलनमा उत्रिएको बन्दकर्ताहरु बताउँछन् । उनिहरुले यसप्रति यस घटनाप्रति प्रशासन र यातायात समितिले कुनै पनि चासो नदेखाएपछि आन्दोलन र बन्द गर्न बाध्य भएको बताएका छन ।
बन्दकर्ताहरुले सनिवार बिहान ९ बजे देखि सडकमा टायर बालेर सवारी साधन ठप्प पारेका हुन । राजमार्ग बन्द हुदा सल्यान तथा रुकुमबाट दाङ जाने आउने सवारी साधन अहिले सडकमै राेकिएका छन् ।
उता प्रहरीले भने घटनाकाे मुचुल्का कुनै ताेडमाेड नगरिएकाे र त्यस्ताे गर्न सम्भव पनि नहुने बताएकाे छ । अहिले घटनास्थलमा जान लागेकाे र पिडितहरुकाे कुरा बुझ्न लागेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्