March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानमा एमालेको जिल्लास्तरीय भेला हुदै : केन्द्रीय सचिव योगेश भट्टराईले सम्बोधन गर्ने

सल्यानमा एमालेको जिल्लास्तरीय भेला हुदै : केन्द्रीय सचिव योगेश भट्टराईले सम्बोधन गर्ने

 

फागुन २३, सल्यान । मिसन ग्रासरुट अन्तर्गत नेकपा एमाले सल्यानले जिल्ला स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

यहि फागुन २७ गते संचालन हुने उक्त कार्यक्रममा पार्टिका केन्द्रीय सचिव योगेश भट्टराई प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत जिल्लास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम तय गरिएको एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा समसामायिक राजनीति, मिसन ग्रासरुटको औचित्य, जनप्रतिनिधि र पार्टीबीचको अन्तरसम्बन्ध एवम् विकास निर्माणका कार्यका बारे अभिमुखिकरण हुने बताइएको छ । यस्तै पार्टी सदस्यता नवीकरण तथा विस्तार, पार्टी सदस्यको दायित्व, महिला आन्दोलन र पार्टीबीचको सम्बन्ध तथा पार्टी र सामाजिक संघ–संस्थाबीचको अन्तरसम्बन्ध लगायत विषयमा अभिमुखीकरण गरिने एमाले सल्यानले जनाएको छ ।

सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको हलमा हुने कार्यक्रममा सल्यान जिल्लाबाट एमाले कर्णाली प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरु, जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् ।

यस्तै जिल्ला सल्लाहकार परिषदका सदस्यहरु, लेखापरिक्षण कमिटीका सदस्यहरु, प्रदेश सभा निर्वाचन समन्वय कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु, वडा कमिटीका अध्यक्षहरु, निर्वाचित सबै जन प्रतिनिधिहरु, जनबर्गिय संगठनका जिल्ला कमिटीका पदाधिकारीहरुलाई पनि भेलामा अनिवार्य सहभागिताको लागि एमाले सल्यानले अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज