October 9, 2024, Wednesday
२०८१ आश्विन २३, बुधबार
सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी छत्रेश्वरीलाई

सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी छत्रेश्वरीलाई

 

फागुन १८, सल्यान । सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको छ ।

फागुन १५ देखि १८ गते सम्म सल्यानको बागचौर नगरपालिका २ को जनकल्याण मा.वि थारमारेमा सञ्चालित प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरी २७ पदक हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड हात पारेको हो ।

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ । ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यसैगरी बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ कास्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० कास्य, त्रिवेणी गाउँपालिकाले ४ कास्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ कास्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्य, र कालिमाटी गाउँपालिकाले १ रजत र १ कास्य हात पार्न सफल भएका छन् ।

प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।

यस अघि १२ औं राष्ट्रपति रनिङ शिल्डको उपाधीपनि छत्रेश्वरी गाउँपालिकाले नै हात पारेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज