सभ्य, शिष्ट र मर्यादित तरिकाले होली खेल्न जिल्ला प्रहरी कार्यालय सल्यानको अनुरोध
फागुन १७, सल्यान । रंगहरुको पर्व फागुपूर्णिमा अर्थात होली सभ्य, शिष्ट र मर्यादित तरिकाले खेल्न जिल्ला प्रहरी कार्यालय सल्यानले अनुरोध गरेको छ ।
बुधवार सर्वसाधारणका लागि सूचना जारी गर्दै फागुन २२ गते परेको होली पर्वमा रंग वाहेक, अण्डा, मोविल, लोला, तथा फोहोर पानी प्रयोग नगर्न र मर्यादित भएर सभ्य तरिकाले होली खेल्न प्रहरीले अनुरोध गरको हो ।
होलीमा सवारी साधन कम गतिमा चलाउन, मादक पदार्थ सेवन नगर्न, बाटोमा हिड्ने अपरिचित ब्यक्तिलाई जवरजस्ती रंग तथा अविर नलगाउन अनुरोध गरिएको छ ।
त्यस्तै प्रहरीले कुनैपनि भाषाका अश्लिल गीत वजाउने गाँजा,भाङ, लगायतका लागुऔसधको प्रयोग गर्ने, नशालु पदार्थ सेवन गर्ने कार्यलाई पनि रोक लगाएको छ । होलीको नाममा धार्मिक सम्प्रदायिक सद्भावमा खलल पुग्ने खालको अमानवीय क्रियाकलाप संचालन नगर्न समेत अनुरोध गरेको छ ।
आफूलाई पीडित भएको महशुस भएमा प्रहरीलाई खबर गर्न र यी सवै गतिविधि गरेको पाईएमा कानून अनुसारको कार्वाही गरिने कार्यालयले बताएको छ ।
प्रतिकृया दिनुहोस्