मिसन ग्रासरुट : आधारभुत तहको तथ्यांक संकलन गर्दै एमाले
फागुन १६, सल्यान । पार्टी सुदृढिकरण तथा विस्तारका लागि सुरु भएको ‘मिसन ग्रासरुट’ अन्तर्गत सल्यानको कपुरकोटमा नेकपा एमालेले वस्तीस्तरबाट विवरणहरु संकलन गरिरहेको छ ।
कपुरकोट गाउँपालिकामा एमालेका केन्द्रीय प्रतिनिधी राम प्रसाद बराल सहित जिल्लास्तर र पालिका स्तरका नेता कार्यकर्ताहरु खटिएका छन् । वडा नम्बर ४, ५ र ६ का विभिन्न वस्तीमा कार्यक्रम सम्पन्न गरेको एमालेले मंगलबार कपुरकोट ३ स्थित मुलपानीमा कार्यकर्ता भेटघाट गरेको हो ।
आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने तथा सदस्यता नविकरणका विषयमा ‘मिसन ग्रासरुट’ केन्द्रीत रहेको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जनाए ।
मुलपानीमा भएको कार्यक्रममा एमालेका केन्द्रीय प्रतिनिधी बरालले नयाँ गतीका साथ आफ्नो पार्टी अगाडी बढ्ने बताए । उनले देशको रक्षा गर्ने र विकासलाई गती दिने पार्टी नेकपा एमाले मात्रै भएकाले यो पार्टीलाई तल्लो तहदेखी नै बलियो बनाउनुपर्ने बताए ।
यस्तै एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न पार्टीले योजना बनाएर अघि बढ्ने बताए ।
कार्यक्रममा एमाले कपुरकोट गाउँपालिका कमिटीका सदस्य टिकाराम बुढाथोकी, वडा नम्बर २ का पार्टी कमिटी अध्यक्ष नवराज बुढा, वडा नं ५ का पार्टी कमिटी उपाध्यक्ष लालसिंह वली लगाएतको सहभागिता थिए । सहभागि स्थानीय कार्यकर्ताले पार्टीको बैचारिक प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।
लेखकको सम्वन्धमा