June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
एमालेको मिसन ग्रासरुट अन्तर्गत कपुरकोटमा वस्ती स्तरबाट रिपोर्टिङ गर्दै केन्द्रीय प्रतिनिधी

एमालेको मिसन ग्रासरुट अन्तर्गत कपुरकोटमा वस्ती स्तरबाट रिपोर्टिङ गर्दै केन्द्रीय प्रतिनिधी

फागुन १२, सल्यान । नेकपा एमालेको मिसन ग्रासरुट अन्तर्गत पार्टी सुदृढीकरण तथा विस्तार अभियान कपुरकोट गाउँपालिकामा सुरु भएको छ ।

शुक्रबार कपुरकोट ४ स्थित तल्लो किमुचौर र मालारानी टोलमा कार्यक्रम सम्पन्न भएको एमाले कपुरकोटले जनाएको छ । वस्ती स्तरमा पार्टीको अवस्था, पार्टिका स्थानिय कमिटिको भुमिका लगायतको विषयमा ग्रासरुट अभियानमा खटिएका केन्द्रिय प्रतिनिधि राम प्रसाद बरालले जानकारी लिएका छन् ।

पार्टी संगठनको प्रभावकारिता, निर्वाचनको बेला पार्टी पंक्ति परिचालनको अवस्था, जातिय राजनिती चले नचलेको जस्ता विषयमा स्थानीय पार्टी कार्यकर्तासंग जानकारी लिइएको केन्द्रीय प्रतिनिधि बरालले जानकारी लिएका थिए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ओम बहादुर बुढा, पालिका कमिटी अध्यक्ष द्रोण केसी, सहसचिव इश्वर बुढा, कपुरकोट ३ का पार्टी कमिटी अध्यक्ष रुद्रवीर कवर लगायतको सहभागिता थिए ।

कपुरकोट गाउँपालिकाका सबै वडामा यहि फागुन २० गते सम्म ग्रास रुट अभियान अन्तर्गत रिपोर्टिंग गर्ने एमालेको समय तालिका रहेको छ ।