सल्यानका खेतीयोग्य जमिन नदि कटान हुनबाट बचाउन पूर्वाधार बनाउ : सांसद नेपाली
फागुन ११, सल्यान । सल्यानबाट प्रतिनिधि सभा सदस्य समानुपातिकमा निर्वाचित सांसद अनिसा नेपालीले सल्यानका खेतीयोग्य जमिन नदि कटान हुनबाट बचाउन पूर्वाधार बनाउन सरकारलाई ध्यानाकर्षण गराएकी छिन ।
बुधबार संसद बैठकमा बोल्दै उनले गत साल सल्यानमा भूक्षय भइ त्यसबाट उत्पन्न बाढी र पहिरो लगायतमा प्रकोपले आम किसानहरुले क्षेती बेहोर्नु परेको स्मरण गराउदै आगमी दिनमा त्यस्ता किसिमका प्रकोप ब्यबस्थापनकोलागि तथा विपत पुर्व तयारीकोलागि बाढी सम्भाबित खोलाहरुमा तटबन्ध निर्माण तथा क्षेती पुगेका सिचाइ कुलोहरु मर्मत गरि चाडो संचालनमा ल्याउन ध्यानाकर्षण गरेकी हुन ।
गत बर्ष मात्रै गएको बाढीले सल्यानको शारदा, बनगाड, कुमाख, छत्रेश्वरी, कालिमाटी, त्रिबेणीमा छेउछाउमा रहेका उब्जाउ भुमिमा बाढी पस्दा किसानहरुले करोडौंको क्षेती बेहोर्नु परेको थियो ।
जिल्लामा शारदा नदि, दार्मा खोला, मर्म खोला, संग्रही खोला, बनगाड खोला लगायत अन्य खोलाले उर्वर भुमि कटान गर्ने सक्ने उच्च जोखीममा छन ।
भिडियो
https://www.facebook.com/100001967048995/posts/pfbid03g5JndLhtyALfGWd1cK5EQ73QuQJpYvWSG7V5jkK1Lo8Duz9JA3wdCrcbxXZ1wxtl/?app=fbl
प्रतिकृया दिनुहोस्