June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१, आईतवार
लघुवित्त संस्थाहरुकाे ज्यादती र चर्काे व्याजरकाे विरुद्धमा नेकपा सल्यानको जनप्रदर्शन

लघुवित्त संस्थाहरुकाे ज्यादती र चर्काे व्याजरकाे विरुद्धमा नेकपा सल्यानको जनप्रदर्शन

फागुन ०५, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले लघुवित्त संस्थाहरुकाे ज्यादती र बैंकहरुले उपभोक्ता  ऋणीहरुलाई  लादेकाे चर्काे व्याजकाे विरुद्धमा जनप्रदर्शन तथा विराेध कार्यक्रम गरेको छ ।

पार्टीकाे सल्यान जिल्ला समितिकाे आयोजनामा कुमाख गाउँपालिका र दार्मा गाउँपालिकाकाे सिमाना माैलाेहाले बजारमा आयाेजित विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि भीम सीले जनताको सुख दुःखकाे साथि,नेपाल कम्युनिस्ट पार्टी’ भएकोले जनताका हरेक समस्यामा आफ्नो पार्टीले आवाज उठाउने बताए ।

जनता तथा साना व्यवसायीहरुलाई सताइरहेका लघुवित्त तथा चर्काे व्याज असुल्ने बैंकहरुकाे ज्यादतीका विरुद्ध आफ्नो पार्टी मात्र बोल्न हिम्मत राखेको बताउनु भयो । पार्टीका केन्द्रीय प्रतिनिधि भीम सीले ‘भन्नुभयाे, “बैंक र वित्तीय संस्थाहरुले जनतालाई आत्महत्या समेत गर्ने अवस्थामा पुर्‍याउदा देशका अरु कुनै पार्टीहरुले चुइक्क बोल्न सकेका छैनन् तर हाम्रो पार्टीले जनताको पक्षमा संघर्ष गरिरहेकाे छ ।”

नेपालका अरु पार्टीहरु दलाल पुँजिपति वर्गका मतियार भएकोले जनता सताउने कृयाकलापकाे विरुद्धमा बाेल्ल नसकेको उहाँले बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, ‘नेपालका संसदीय पार्टीहरु  दलाल पुँजिपतिका मतियार भएको हुनाले बैंक, वित्तीय संस्थाहरुकाे चर्काेव्याज तथा मिटरव्याजीहरुकाे विरुद्ध बाेल्न सकेका छैनन् ।’

पार्टीद्वारा आयाेजित साे विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका जिल्ला सचिव कमरेड मदन सीले जनताको समस्यामा बाेल्ने र जनताको माझमा रहेको पार्टी नेपालमा नेपाल कम्युनिस्ट पार्टी मात्रै भएको बताउनु भयो ।

विरोध कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य कमरेड माेहन सी, विद्यार्थीनेता अनिल सी लगायतले सम्बाेधन गर्नुभएकाे थियो । विरोध कार्यक्रमकाे संचालन अखिल क्रान्तिकारीका सल्यान जिल्ला अध्यक्ष राजेन्द्र सीले गर्नुभएको थियो ।