January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सल्यानमा जनयुद्ध दिवसको अवसरमा कृषि मन्त्री शर्माद्वारा बिरामी भेटघाट तथा फलफूल वितरण

सल्यानमा जनयुद्ध दिवसको अवसरमा कृषि मन्त्री शर्माद्वारा बिरामी भेटघाट तथा फलफूल वितरण

फागुन ०१, सल्यान । जनयुद्ध दिवसको अबसरमा सल्यानमा बिरामी भेटघाट तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी सल्यान र YCL सल्यानको आयोजनामा २८ औं जनयुद्ध दिबसको अबसरमा सोमबार सल्यान जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाइ फलफूल वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेश भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सल्यान जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाइ फलफूल वितरण गर्नुभएको थियो ।

आजकै दिन अर्थात २०५२ फागुन १ गतेदेखि माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो ।

जनयुद्ध दिवसका आज सरकारले सार्वजनिक विदा दिएको छ ।