जिल्ला अस्पताल सल्यानमा देखिएका समस्याबारे राष्ट्रिय युवा मोर्चाको ध्यानाकर्षण
कार्तिक १०, सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चा सल्यान समितिले जिल्ला अस्पताल सल्यान स्वास्थ्यकर्मी अभाव लगाएत सेवा सुविधा रोकिएर बिरामीले पिडा भोग्नु परेको सामाचार बारे संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समस्या समाधानका लागी बुधबार प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै संगठनले आम नागरिकलाई हतोत्साहित गर्ने र सेवा सुविधाबाट बन्चित गराउने अवस्था आउनु खेदपूर्ण रहेको बताएको छ ।
जिल्ला अस्पतालको यो दुर्दशा हुनुमा त्यहाँका प्रशासक कर्मचारीको मनोमानी र गैरजिम्मेवारपन तथा व्यवस्थापन समितिको लापरवाही र असक्षमता रहेको ध्यानाकर्षण पत्रमा बताईएको छ । साथै नागरिकलाई सेवा सुविधा बाट बन्चित गराउने जस्ता घृणित कार्य गर्न जो कसैलाई नाङ्गेझार गराउने संगठनले चेतावनी दिएको छ ।
हेर्नूहोस, ध्यानाकर्षण पत्र








प्रतिकृया दिनुहोस्