January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान

असार २३, सल्यान। जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ।

अस्पतालमा फिलिङ सहितको अक्सिजन प्लान्ट बिहिवार उद्घाटन गरिएको हो।

फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ।

सल्यान अस्पतालका निमित्त स्वास्थ सेवा ब्यबस्थापक दशरथ कुमार श्रेष्ठका अनुसार “अक्सिजन प्लान्ट नहुदा खाली सिलिन्डर रिफिल गर्न दाङ, नेपालगन्ज सुर्खेत जानुपर्ने समस्या अस्पतालले बेहोर्दै आएको थियो, त्यो समस्या हल भएको छ। अब प्लान्टबाट पाइप लाइन हुदै बेड सम्म अक्सिजन जडान गरिनु साथै छुट्टै सिलिन्डर पनि भर्न सकिने छ।”

यो सेवा अस्पतालबाट दिन थालेपछि रुकुम, रोल्पा र सल्यानका बिरामीहरुको लागी  सहजता हुनुको साथै जडान गरिएको प्लान्टबाट अस्पतालमा अक्सिजन अभाव नहुने भएकाले कसैले पनि अक्सिजन नपाएर ज्यान गुमाउन नपर्ने अस्पतालले जनाएको छ।

सङ्घीय सरकारको ७१ लाख बजेटबाट यो सेवा जडान गरिएको हो ।

अघिल्लो वर्ष  कोभिडको समयमा अक्सिजन प्लान्ट भनेर कन्सनट्रेटर जडान गरिएको भन्दै स्वास्थ्य कार्यालय सल्यान विवादमा परेको थियो।