April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
सल्यानमा गठबन्धनबाट प्रतिनिधि सभामा ज्वाला, प्रदेश सभामा शर्मा र अधिकारी विजयी

सल्यानमा गठबन्धनबाट प्रतिनिधि सभामा ज्वाला, प्रदेश सभामा शर्मा र अधिकारी विजयी

मंसिर ८, सल्यान ।

सल्यान प्रतिनिधि सभामा गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

कुल ८४ हजार २२ मत खसेको सल्यानमा ज्वालाले ३५ हजार ७ सय मत ल्याइ विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याएका छन् । ज्वालाले शाहलाइ १५ हजार ९ सय ११ मतको फराकिलो अन्तरले हराएका हुन ।

एमाले भने निकै कमजोर मत सहित तेस्रो स्थानमा चित्त बुझाएको छ । एमाले तर्फका उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार ०२९ मत प्राप्त गरेका छ्न ।

प्रतिनिधि सभा तर्फ जम्मा खसेको ८३ हजार ६ सय ७४ मत मध्ये  सदर मत ७६ हजार ३ सय ५ र बदर ७ हजार ३ सय ६९ मत रहेको थियो ।

त्यसैगरी २ वटा प्रदेश सभा रहेको सल्यानमा  गठबन्धन कै उम्मेदवार विजयी भएका छ्न । प्रदेश ‘क’ तर्फबाट नेकपा माओवादी केन्द्रबाट भिम प्रकाश शर्मा विजयी भएका हुन । उनले उनका प्रतिद्वन्दी नेकपा एमालेका कुल बहादुर गिरिलाई ८ हजार ०१८ मतान्तरले हराउदै विजयी भएका हुन ।

शर्माले २२ हजार २ सय ४३ मत र गिरिले १४ हजार २ सय २५ मत प्राप्त गरेका छ्न ।

प्रदेश ‘क’ तर्फ खसेको  ४१ हजार १ सय ७६ मत मध्ये ३८ हजार ८ सय २८ सदर र २ हजार ३ सय ४८ बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।

साथै प्रदेश सभा ‘ख’ बाट पनि गठबन्धन तर्फबाट नेपाली काङ्ग्रेसका सुरेश अधिकार विजयी भएका छ्न । उनले उनका निकतम प्रतिद्वन्दी नेकपा एमालेका गुलावजंग शाहलाइ ३ हजार ७ सय ९० मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

अधिकारीले २० हजार ४ सय ८  मत प्राप्त गरेका छ्न भने शाहले १६ हजार ६ सय १८ मत प्राप्त गरेका छ्न । खसेको जम्मा मत ४१ हजार ९ सय ६७ मध्ये ४० हजार ६९ मत सदर र १ हजार ८ सय ९८ मत बदर रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज