May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
कर्णालीमा फ्लोर क्रस गरेका पूर्व मन्त्री ज्वालाले गरे यस्तो अपिल, ३ पेज लामो अपिलमा के छ ?

कर्णालीमा फ्लोर क्रस गरेका पूर्व मन्त्री ज्वालाले गरे यस्तो अपिल, ३ पेज लामो अपिलमा के छ ?

वैशाख २०, सल्यान । कर्णाली प्रदेशमा एमाले संसदीय दलको ह्वीप बिपरित फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विस्वासको मत दिएका नेकपा एमाले माधव समुहका नेता तथा कर्णाली प्रदेश सरकारका पुर्व आर्थिक मामला तथा योजना मन्त्री प्रकाश ज्वालाले आफुबारे उठेका विभिन्न सवालको प्रष्टिकरण दिदै ३ पेज लामो सार्वजनिक अपिल गरेका छन ।

सल्यान प्रदेश सभा ‘ख’ बाट प्रतिनिधित्व गर्ने उनी लगाएत अन्य ३ जनलाइ पार्टीको ह्वीप बिपरित माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विस्वासको मत दिएका थिए।

कर्णाली प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई वैशाख ३ गते कर्णालीमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर विस्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो ।

पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री शाहीलाई विस्वासको मत दिएपछ मुख्यमन्त्री शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका थिए । त्यसको केहि दिनमा फ्लोर क्रस गर्ने ४ सांसदलाई पार्टीले कारवाही गरेको थियो भने उनिहरू सांसद पद मुक्त भएका थिए ।

मुख्यमन्त्री शाहीको पक्षमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका चार सांसदले मत दिए । प्रदेशसभाको विश्वास लिन २० मत आवश्यक रहेकामा मुख्यमन्त्री शाहीले २२ मत पाएका हुन् । प्रदेशसभाको शुक्रबारको बैठकमा ३७ सांसद उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीको पक्षमा २२ र विपक्षमा १५ मत खसेको भन्दै विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

त्यस क्रममा फ्लोर क्रस गर्ने प्रदेश सांसदमा प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही हुन । उनीहरू एमाले नेता माधवकुमार नेपाल पक्षका हुन् । उनीहरूले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने एमालेको प्रयास विफल बनाएका थिए । दलको निर्णय बिपरित उनिहरूले पार्टीको ह्विप उल्लंघन गरेका हुन् ।

यसरी पार्टीको ह्वीप उलंघनको नेतृत्व गरेका नेता प्रकाश ज्वालाले सोमबार बिकसित राजनीतिक घटनाक्रममा बारे व्याख्या गर्दै ३ पेज लामो अपिल सार्वजनिक गरेका छन ।

अपिलमा उनले कर्णालीमा एमाले एकताबद्ध बनाउन धेरै कोसिस गरेको तर पार्टीलाई कब्जा गरेर केही सत्ताका भोगीहरूको गुट हाबी हुन खोजेकोले त्यसलाई प्रतिबाद गरेको बताएका छन ।

आफुलाई एकलौटी कारबाही भन्दै उनले आफुले पंचायतकालमा मुद्दा  जेलनेल भोग्दा पनि, बहुदल कालमा कांग्रेसको सांघातिक हमला हुदा पनि र जनयुद्धकालमा माओवादीले कारबाही गर्ने निर्णय गर्दा पनि राजनीतिक सांगठनिक हिसाबले पार्टीलाई बचाएको र नेतृत्व गरेको भन्दै त्यतिबेला अरुको अवस्था कस्तो थियो भन्दै प्रश्न गरेका छन । साथै आगामी दिनहरूमा पनि पार्टीलाई संकट पर्दा को चाहिन्छ भन्ने समयले देखाउने उनले बताएका छन ।

हेर्नुहोस उनको अपिल जस्ताको तस्तै :

 

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज