January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सुन्दर सल्यानलाई समृद्ध बनाउन सबैले हातेमालो गरौं : मन्त्री, ज्वाला

सुन्दर सल्यानलाई समृद्ध बनाउन सबैले हातेमालो गरौं : मन्त्री, ज्वाला

फागुन १३, सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा कर्णाली प्रदेश कमिटी सह इन्चार्ज प्रकाश ज्वालाले सुन्दर सल्यानलाई समृद्ध बनाउन सबैले हातेमालो गर्नुपर्ने बताएका छन ।

बुधबार शारदा नगरपालिका ११ हिवल्चामा रहेको हिवल्चा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन ।

सल्यान पर्यटकीय र ऐतिहासिक रुपमा सुन्दर र समृद्ध भएको बताउदै उनले स्वास्थ, शिक्षा, खानेपानी, सडक लगाएत पुर्वाधार बनाउदै बिकास निर्माणमा सबैले हातेमालो गर्दै सल्यानलाई समृद्ध बनाउनु पर्ने बताएका हुन ।

हिवल्चामा बनेको आधुनिक स्वास्थ्य भवनले स्वास्थ्यको आधार बनेको बताउदै उनले अब क्रमशः जनशक्ति, औषधि र उपकरणको पनि ब्यबस्थापन गर्न सहयोग गर्ने बताए ।

रू. २ करोड २२ लाख लागतमा बनेको उक्त स्वास्थ्य भवन हिमदुङ एन्ड थोकर कम्पनी प्राली काठ्माण्डौले निर्माण सम्पन्न गरेको हो । नवनिर्मित स्वास्थ भवनको आज एक कार्यक्रमको बिच मन्त्री ज्वालाले उद्घाटन गरेका हुन ।

वडाध्य्क्ष तथा वडा स्वास्थ्य समिति अध्यक्ष रामसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेताहरू रमेश गौतम, नवीन भडेल, यौवनप्रकाश श्रेष्ठ तथा नेपाली कांग्रेस जिल्ला सदस्य दिपक शर्माको उपस्थिति रहेको थियो ।