नेकपा एसका ज्वाला बने प्रतिनिधि सभाको उम्मेदवार
असोज २२, सल्यान ।
नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ ।
शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो । जसमा एकीकृत समाजवादीले २० सिट मात्र पाएकाे थियाे । २० सिट मध्ये १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक उम्मेदवार टुंगाे लगाउन बाँकी छ ।
जस अन्तर्गत सल्यानबाट प्रतिनिधि सभा निर्वाचनकोलागि प्रकाश बुढाथोकी (ज्वाला) उम्मेदवार टुङ्ग्याएको छ ।
ज्वाला ०५६ काे निर्वाचनमा सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । उनि पहिलाेपटक सांसद हुँदा ३१ वर्षकाे थिए ।
०५६ मा सांसद बनेका ज्वाला ०६४ काे संविधान सभामा उम्मेदवार बनेर पराजीत बने । फेरि ०७० मा संविधान सभा सदस्यमा निर्वाचित बने । ०७४ मा गठबन्धनबाट प्रदेश सभा सदस्य जितेर प्रदेशकाे मन्त्री नै बने । यसरी २४ वर्षदेखि सत्ताकै वरिपरि रहेका ज्वाला अझै सत्तामा पुग्ने दाउमा छन् ।
प्रतिकृया दिनुहोस्