March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ज्वालालाई गुलावको काउन्टर चुनौती : सल्यानमा मसँग चुनाव लडेर जितेर देखाउ

ज्वालालाई गुलावको काउन्टर चुनौती : सल्यानमा मसँग चुनाव लडेर जितेर देखाउ

१५ चैत, सल्यान।

एमालेका पोलिटब्युरो सदस्य एवं कर्णाली प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाहले एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालालाई सल्यानमा आफूसँग चुनाव लडेर जित्न चुनौती दिएका छ्न ।

मंगलबार एक अनलाइनसँग कुरा गर्दै उनले यस्तो चुनौती दिएका हुन । प्रकाश ज्वालाले कर्णालीमा तीन मेजर पार्टी मिलेमा एमालेको नामोनिशाना रहँदैन भनेर चुनौती दिएको  सन्दर्भको जवाफ दिदै शाहले काउन्टर चुनौती दिएका हुन ।

शाहले भनेका छन – “उहाँलाई मेरो काउण्टर जवाफ छ,भर्खर आमाको कोखबाट जन्मेको बालकले अरुको वैशाखी टेकेर सय मिटर दौडिन्छु भन्नु हाँस्यास्पद हो । उहाँलाई सल्यानमा आएर मसँग लडेर जित्न चुनौती दिन्छु ।”

शाहले कर्णालीमा तीन दल मिलेर चुनाव लडन आएपनि एमाले नै पहिलो शक्ति हुने दाबी गरेका छन । गठबन्धनसँग एमालेले लड्न अहिले कुनै नयाँ रणनीति नै बनाउनु नपर्ने बताउदै उनले भनेका छन – ‘कुर्सीको स्वार्थका लागि बनेको गठबन्धन व्यक्ति स्वार्थ, इगो, कुण्ठामा बनेको हो । यस्तो खालको गठबन्धन र सरकारलाई जनताले स्वीकार्दैनन् । गठबन्धन जति दलीय बनेपनि एमालेसँग मुद्दा, एजेण्डा छन्, राजनीतिक ईस्यु छन। हामी एक्लै काफी छौँ, गठबन्धनसँग लड्ने हामीसँग आत्मबल र विश्वास पनि छ।’

त्यस्तै एमालेले कसैसँग गठबन्धन गर्छ की गर्दैन भन्ने सवालमा शाहले भनेका छन ‘  एमाले सम्भावना नै सम्भावना खोज गरेर हिँड्ने पार्टी हो । कोही जोडिन आउँछन् भने तिरस्कार र बहिष्कार गरेर हिँड्ने लक्ष्य चाहिँ छैन। यदि कुनै त्यस्तो परिस्थिति निर्माण भएछ भने समयसापेक्ष निर्णय गर्नेछौँ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज