December 8, 2023, Friday
२०८० मंसिर २२, शुक्रबार
कृषि तथ्याक नभए सम्म कर्णालीको कृषि क्षेत्रमा रुपान्तरण गर्न सकिदैन : मन्त्री शर्मा

कृषि तथ्याक नभए सम्म कर्णालीको कृषि क्षेत्रमा रुपान्तरण गर्न सकिदैन : मन्त्री शर्मा

माघ १२, सल्यान । कर्णाली प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले कृषि क्षेत्रमा लगानी वढाउनुका साथै कर्णालीको सम्रग विकासको लागि परम्परागत कृषिबाट नभइ प्रविधी मैत्री वनाएर कृषि उत्पादकत्व वढाउन योजना र कार्यक्रम केन्द्रीत गर्नुपर्ने वताउनु भएको छ ।

बुधबार मन्त्रीको पदभार कार्यक्रम पश्चात कर्मचारी संग कुराकानी गर्दे मन्त्री शर्माले किसानको उत्पादनलाई वजारसम्म लैजाने र उचित मुल्यको ब्यवस्थाका लागि मन्त्रालयले कृषि पशु तथा मत्सपालनको तथ्या्क संकलन गर्न निर्देशन दिनुभयो।
कृषि क्षेत्रको जटिलता विकास तथा कर्णालीको समृद्धीको लागि तथ्याक आबश्यक भएकाले यसैमा टेकेर कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उदेश्यले आफुले पहिलो निर्णय गरेको बताउनु भयो ।

प्रदेश बाट दश वटा जिल्लामा कृषि तथा खाद्य बस्तु उत्पादन तथा वाजिरीकरण गर्न बिगतमा भएका राम्रा काम तथा उदाहरणीय कामको समिक्षा गरेर तत्काल दश वटा जिल्लाको कृषि तथा पशु क्षेत्रमा भएका प्रगतिको तथ्याक आबश्यक भएको शर्माको भनाई छ ।

कर्णाली प्रदेश सरकार बाट प्रत्येक वर्ष १० हजार युवालाइ रोजगार दिने निर्णय गरेकाले यश मन्त्रालयले पनि यसमा योगदान गर्नुपर्ने हुन्छ शर्माले भन्नुभयो कृषि र पशुपालनका क्षेत्रवाट रोजगारी सृजना गर्ने गरी योजना र कार्यक्रम वनाएर रोजगारी वृद्धि गर्नु पर्ने छ ।

मन्त्री शर्माले आफ्नो अनुभव कृषि क्षेत्रमा पनि भएकाले एक किसानको छोराले कृषिमा प्रविधी तथा आधुनिकीकरणबाट उत्पादनमुखी तथा ब्यबसायमुखी बनाउन सक्नेमा प्रदेश सरकारको पहिलो प्रथमिकता दिने बताउनुभयो ।

कर्णालीको समृद्धी कृषिबाट हुने भएकाले कृषि क्षेत्रमा लागनी गरी कर्णाली बाट बाहिरीएको श्रम शक्ती तथा बेरोजगार जनशक्ती परिचालन गर्न मन्त्रालयबाट तत्काल योजना बनाउन निर्देशन दिनुभएको छ ।