April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश ६ रनमा अलआउट

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश ६ रनमा अलआउट

पुष ०३, काठमाण्डाै । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश नम्बर एकसँग भएको खेलमा कर्णाली प्रदेश ६ रनमा अलआउट भएको हो ।

धनगढीको फाप्ला मैदानमा प्रदेश एकले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ ओभरमा अलआउट हुँदै मात्रै ६ रन मात्रै बनायो । उसका लागि ८ जना खेलाडीले खाता नै खोल्न सकेनन् । प्रदेश एकको लागि अलिशा खडियाले पाँच, संगीता राईले २ र सवनम राईले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश एकले रुवीना क्षेत्रीको ७६ र अप्सरी बेगमको ६१ रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । अहिले वाग्मती र लुम्बिनी प्रदेश खेलिरहेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज