January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
साउन १ गते सार्वजनिक बिदा

साउन १ गते सार्वजनिक बिदा

सुर्खेत। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साउन १ गते आइतबारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार एक सुचना निकाल्दै कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बाट २०७८/१२/२९ गते भएको निर्णय अनुसार साउने संक्रान्ती तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश अन्तर्गतका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।