क्रिकेट संघ सल्यानको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सविन हमाल सर्वसम्मत चयन
पुस ४, सल्यान । जिल्ला क्रिकेट संघ सल्यानको प्रथम अधिवेशन सल्यान सदरमुकाम खलंगामा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति सल्यानको हलमा अधिबेशन सम्पन्न भएको हो ।
अधिवेशनमा प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशवहादुर विष्टले खेल क्षेत्रका माध्यामवाट देशलाई विश्व सामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा पनि विस्तारै लगानी वढिरहेको वताए । क्रिकेट संघ सल्यानको प्रथम अधिवेशनको उद्घाटन गर्दै विष्टले नेपालको गर्व गर्न लायक क्षेत्र खेल क्षेत्र भएको बताउदै, त्यस मध्ये पनि क्रिकेटले नेपालको शिर उचौ वनाएको वताए ।

“खेल क्षेत्र राष्ट्रको महत्वपूर्ण लगानीको क्षेत्र भएको छ ।” उनले भने – “संघ , प्रदेश र स्थानीयतहले यस तर्फ पनि लगानी वढाईरहेको छ ।” क्रिकेट संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका संयोजक पदम खड्काले क्रिकेट खेलक्षेत्रलाई विकास गर्न लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको वताए। उनले भने “क्रिकेटको संस्थागत विकास, सुदृढ वनाएर अव अगाडी वढ्ने छ ।”
कार्यक्रमममा क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगायतले मन्तब्य राखेका थिए । क्रिकेट संघ सल्यान अधिवेशन आयोजक समितिका संयोजक सविन हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य वुद्धि प्रकाश हमालले गरेका थिए ।

यसै विच आजै सम्पन्न जिल्ला क्रिकेट संघ सल्यानको प्रथम जिल्ला अधिवशेन सविन हमालको अध्यक्षता ९ सदस्यीय जिल्ला क्रिकेट संघ गठन गरेको छ । संघका उपाध्यक्ष विकास शर्मा, सचिव असिम साप विष्ट, सह सचिव सन्तोष खत्री र कोषाध्यक्ष विवेक वावु श्रेष्ठ रहेका छन् । यस्तै सदस्यहरुमा अविषेक हमाल,जीवन भण्डारी ,निराजन श्रेष्ठ र वुलन्द वावु सेजवाल रह्का छन् । अधिवेशनले सचेत शाह र कल्याण श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।







प्रतिकृया दिनुहोस्