February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
लोक सेवा आयोगको उत्तरपुस्तिकामा आफ्नो मोबाइल नम्बर लेख्ने उम्मेदवारको परीक्षा रद्द

लोक सेवा आयोगको उत्तरपुस्तिकामा आफ्नो मोबाइल नम्बर लेख्ने उम्मेदवारको परीक्षा रद्द

साउन १८, सल्यान। लोक सेवा आयोगको परिक्षामा आफ्नो फोन नम्बर लेखेर आफुलाइ फोन गर्न अनुरोध गर्ने सल्यानका एक जना ब्यक्तिलाई प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश सुर्खेतले कार्वाही गरेको छ।

सल्यान सिद्ध कुमाख गाउँपालिका २ घर भएका नवीन कुमार रेउलेलाई कार्वाही स्वरुप प्रदेश लोकसेवा आयोगबाट २ बर्षसम्म हुने पदपूर्ति सम्बन्धि सबै बिज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरि रोक लगाएको हो।

उनले स्वास्थ सेवा, हेल्थ इन्कस्केक्सन समुह , सहायक स्तर चौथो तह अहेव पदको बस्तुगत र बिषयगत उत्तरपुस्तिकाको उत्तरखण्डकमा आफ्नो मोबाइल नम्बर राखी फोन गर्न अनुरोध गरेको पाइएको हो।

सोही कसुर बमोजिम उनलाइ प्रदेश लोकसेवा आयोग ऎन दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएकाले लिखित परिक्षा रद्ध गरि २ बर्ष सम्म परिक्षामा सामेल हुन नपाउने गरि कार्वाही गरिएको कर्णाली लोक सेवा आयोगले सुचना निकाली जानकारी दिएको हो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज